मनोरञ्जन

‘तोरी पेल तेल’ गीतमा कभर भिडियो प्रतियोगीता, डेढ लाख पुरस्कार

‘तोरी पेल तेल’ गीतमा कभर भिडियो प्रतियोगीता, डेढ लाख पुरस्कार

बिहिबार सार्वजनिक गरिएको ‘तोरी पेली तेल’ बोलको गीतको कभर भिडियो बनाउने प्रतियोगीता गरिएको छ । जसमा उत्कृष्ट भिडियो बनाउने मध्ये एउ उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइने निर्माणपक्षले बताएको छ ।

क्याडी इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतको भिडियोमा नाजिर हुसेन र आँचल शर्माको अभिनय छ । डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान्सका रमाइला पलहरु समावेश गरिएको छ ।

गीतमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा विकास धमलाको सम्पादन, सबोल जोशीको कोरियोग्राफी, वुद्ध थापाको छायांकन रहेको छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७