मनोरञ्जन

‘नेपाल आइडल फिनाले’को टिकट बिक्रि खुला, यसरी काट्नुहोस् !

‘नेपाल आइडल फिनाले’को टिकट बिक्रि खुला, यसरी काट्नुहोस् !

‘नेपाल आइडल’ सिजन–२ फिनालेकको को टिकट विक्री खुला गएिको छ । टिकट शूल्क ५००, १०००, १५०० र २००० हजार रुपैयाँ रहेको छ । टिकट ई–सेवा मार्फत लिन सकिने नेपाल आइडल टिमले जनाएको छ ।

नेपाल आइडलको ग्राण्ड फिनाले यही पुस ६ गते ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा सााझ ५ बजे हुँदैछ ।

उपाधिका लागि पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवी ओडले प्रतिस्पर्धामा छन् । उनीहरुले गत हप्ता नै फिनालेका लागि प्राप्त हुने भोटका लागि आफ्नो प्रस्तुती दिइसकेका छन् । आगामी शुक्रबार (६ गते) साँझ ५बजेसम्मका लागि भोटिङ लाइन खुला गरिएको नेपाल आइडलले जनाएको छ ।

गत वर्ष तीन जनालाई फिनालेमा पुर्याइएको थियो भने यो पटक चार जनालाइे फिनालेमा लगिएको हो । विक्रम र सुमित अडिसन राउण्डमा गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् ।

नेपाल आइडल सिजन–२ का विजेताले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर जित्ने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal