विचित्र संसार

पल्सर २२० बाइकमा ट्याकटरको टायर !

पल्सर २२० बाइकमा ट्याकटरको टायर !

भारतमा एकजना राइडरले आफ्नो पल्सर बाइकमा ट्याक्टर टायर राखेर कस्टमाइज गरेका छन् । पल्सर २२० को अगाडी चक्कामा ट्याक्टर टायर राखेर उनले कस्टमाइज गरेका हुन् ।

कस्ट माइज गरिएको उक्त बाइकलाई ती राइडरले पिच र कच्ची दुबै सडकमा सहजताका साथ चलाएका छन् ।

सकेट बनाइएका कारण यसलाई राइडर आफूले चाहेको बखतमा सहजताका साथ हटाएर पुरानै टायर जडान

यसरी बाइक चलाउँदा कुनै अफ्ठ्यारो महशुस नभएको समेत उनले बताएका छन् । ठूलो आकारको टायर राख्न उनले सस्पेन्सन सहितको फर्क हटाएका छन् भने ट्याक्टर टायरको पांग्राको समेत कस्ट माइज गरेका छन् । ठूलो आकारको टायरलाई सकेट बनाएर जडान गरिएको छ ।

सकेट बनाइएका कारण यसलाई राइडर आफूले चाहेको बखतमा सहजताका साथ हटाएर पुरानै टायर जडान गर्न सकिन्छ। यसरी कस्टमाइज गरिएको बाइकको अगाडी चक्कामा ब्रेक जडान गरिएको छैन भने यसको ग्राउन्ड क्लिरियन्स समेत अनाबश्क रुपमा बढी छ । अहिले उक्त बाइकका तस्बिर निकै भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७