अन्तर्राष्ट्रिय

समुद्र किनारमा अनौठो चीज भेटेपछि आमाछोरीले ल्याए घरमा, तर बल्लतल्ल बाँचे

समुद्र किनारमा अनौठो चीज भेटेपछि आमाछोरीले ल्याए घरमा, तर बल्लतल्ल बाँचे

बेलायतको केन्टमा बस्ने आमाछोरीले समुद्र किनार घुम्ने क्रममा अनौठो बस्तु भेटेपछि घरमा लिएर आए र यसलाई भान्छामा राखे।
तर केहि समयमा नै त्यो वस्तु विष्फोट भयो । आमाछोरी भने भाग्यले बचे ।

खासमा उनीहरुले त्याएको त्यो वस्तु दोस्रो विश्वयु-द्धमा प्रयोग गरिएको नप-ड्किएको ग्रेनेड थियो । ३८ वर्षकी जोडी क्रुज र उनकी छोरी ८ वर्षकी इसाबेलाले समुद्र किनारमा घुम्ने क्रममा यो वस्तु भेटेका थिए ।

जोडी र इसाबेलालाई सुरुमा यो कुनै प्राचीन जीवको अवशेष हो जस्तो लागेको थियो । उनीहरुले यो कुनै जनावरको हड्डी हुन सक्ने पनि सोचेका थिए तर उनहिरुलाई यो ८० वर्ष पुरानो ग्रेनेड होला भन्ने रत्तिभर पनि अनुमान थिएन ।

‘मेरी छोरी चिच्याउँदै भागिन् । मैले त्यसलाई समातेर दौडिँदै गएर किचनमा फ्याँकिदिएँ जहाँ त्यो विष्फोट भयो ।’

डेलीमेलसँगको कुराकानीमा आफूले यो वस्तु के हो भन्ने थाहा होस् भनेर यसको फोटो पुरातत्व विभागको वेबसाइट र सामाजिक संजालमा पनि पोस्ट गरेको बताइन् । धेरैको प्रतिक्रिया पनि आएको थियो तर कसैले पनि यो ग्रेनेड हुन सक्ने बताएनन् ।

उनिहरूका अनुसार त्यो हड्डीजस्तो थियो र धेरै तौल पनि थिएन । कतैबाट पनि त्यो धातुजस्तो देखिएको थिएन । एक महिलाले यो ह्वेलको बान्ता हुन सक्ने बताउँदै हो कि होइन भन्ने तातो पिनले घोचेपछि थाहा हुने बताएपछि जोडीले त्यसलाई तातो पिनले घोचिन् ।

तर, यसो गर्नासाथ त्यो वस्तु आगोको गोलामा परिणत भयो । उनले भनिन् ‘मेरी छोरी चि-च्याउँदै भागिन् । मैले त्यसलाई समातेर दौडिँदै गएर किचनमा फ्याँकिदिएँ जहाँ त्यो वि-ष्फोट भयो ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७