मनोरञ्जन

प्रियंका चोपडालाई पछि पार्दै जसिता, १०० सुन्दर अभिनेत्रीको ५४ औ स्थानमा

प्रियंका चोपडालाई पछि पार्दै जसिता, १०० सुन्दर अभिनेत्रीको ५४ औ स्थानमा

पोखरा- नेपाली सिने क्षेत्रकी सुन्दरी अभिनेत्री जसिता गुरुङ २०२० को १०० सुन्दरी भित्र पर्न सफल भएकी छन् । उनी ५४ औ स्थानमा पर्न सफल भएकी छन् । टिसि क्यालेन्डरले वार्षिक रुपमा प्रकाशित गर्ने विश्वभरिका सुन्दरी सेलिब्रेटीहरुको सुचिमा नेपाल पहिलो पटक पर्न सफल भएको हो ।

जसिताले भारतिय सुन्दरीलाइ पनि पछि पार्न सफल भएकी छन् । बलिउड अभिनेत्री प्रीयंका चोपडा ९१ औ स्थानमा छिन् । यसअर्थमा गुरुङले सुन्दरीमा भारतलाई पनि जितेकी हुन । टिसि क्यालेन्डरको यो ३१ औ श्रृङखला हो ।

उनको यो खवर पछि जसितालाई सुभकामना दिनेहरुको ओईरो लागेको छ । फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी जसिता गुरुङ ‘क्युट’ नायिकामा पर्छिन् । अभिनयका हिसाबले पनि जसिताको राम्रै चर्चा हुने गर्छ । दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम यसरी आउदा उनको उचाई झनै बढेर गएको छ ।

हेराैँ सामाजकि संजालबाट लिएका उनका केहि सुन्दर तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७