खेलकुद

मेस्सीले पाँचौपटक गोल्डेन बुट उपाधि, रोनाल्डो पछि परे

मेस्सीले पाँचौपटक गोल्डेन बुट उपाधि, रोनाल्डो पछि परे

बार्सिलोना फरवार्ड लिओनेल मेसीले पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजनका लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् ।

मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै आफ्नो करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे पहिले नसोचेको बताए । ‘ मैले सुरुवातमा यो सोचेको थिईन । मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्ने थियो । सफलता हात पार्न सक्छु भन्ने विश्वास थियो, तर यहाँसम्म होइन,’ उनले भने ।

म विश्वकै सर्वोत्कृष्ट टोलीमा रहेको छु । मसंग विश्वका उत्कृष्ट खेलाडी साथमा खेलिरहेका छन् । यसले गर्दा नै मैले व्यक्तिगत उपाधि सहज रुपमा जित्न सकेको छु,’ उनले भने ।

मेसीले यस उपाधिसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । रोनाल्डोले हालसम्म चार पटक मात्र उपाधि जितेका छन् ।

सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोना बाबुको साथ लागेर गएका लाजालु स्वाभावका मेस्सी २००१ मा नै बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए। त्यहीबाट उनले फुटबलको ज्ञान पाए ।

मेस्सीले बार्सिलोना प्रवेश गरेको ४ वर्षमानै बार्सिलोनाबाट डेब्यू गरेका थिए । बार्सिलोमा प्रवेश गरेको ९ वर्षसम्ममा त मेस्सी चर्चित खेलाडी बनिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal