भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो ।
चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी निकै उस्ताहित थिइन् तरपनि फिल्मले उनको उत्साहलाइ मलजल गर्न सकेन ।
सन्ध्याले सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । जहाँ उनले निकै सुन्दर तस्बिर शेयर गर्छिन् जहाँ उनका फ्यानले खुलेर तारिफ गर्छन् । उनको सुन्दरता र फिगरको निकै चर्चा हुने गर्छ ।
उनको सुन्दरता र फिगरले धेरैलाइ मोहित पारेको छ । हेरौँ उनको सामाजिक संजालबाट लिएका केहि थप तस्वीर ।