प्रवास

जापानले अप्रिलदेखि नेपाल कामदार लैजाने

जापानले अप्रिलदेखि नेपाल कामदार लैजाने

सन् २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ ।

जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए । अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ, उनले भने, नेपाललाई समेत समावेश गर्न हामिले कुटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ ।

यसरी सरकारी तवरबाटै कामदार लगेमा धेरै नेपाली युवा सहज र सस्तोमा जापन जान पाउनेछन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७