बलिउड नायक सलमान खानले संचालन गरिरहेको ‘बिइङग ह्यूमन’को नेपाली फ्रेन्चाइज लिएको संस्थाले उनको जन्मदिन सेलिब्रेट गरेको छ । आइतबार नायक खान ५५ बर्षमा प्रवेश गरेका छन् ।
दरबारमार्गको किङ्ग्स लन्जमा आयोजित कार्यक्रममा नेपाली चलचित्रका नायक भूवन केसी, नायिका सुष्मा कार्की, कलाकार प्रशान्त ताम्राकार पनि उपस्थित थिए । उनीहरुले आयोजकसँगै केक काटेका थिए ।
‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’को समुहले आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो ।