धर्म/ संस्कृति

आजको राशिफल : यी ५ राशिका लागि आजको दिन शुभ

आजको राशिफल : यी ५ राशिका लागि आजको दिन शुभ

वि.सं.२०७७ साल पौष १३ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४१ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेको छ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैलेतपाईंको तारिफ गर्ने छन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यतित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाईं आफ्नै पोल्टोमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । विद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्,ध्यान दिनुहोला । तपार्ईंको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । विद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश् जागर आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाइ लेखाइमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । न्यायिक निर्णयहरु तपार्ईंको पक्षमा नआउने हुनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरु पुनः बल्झने हुँदा मानसिक तनाब बढ्नेछ । प्रेममा एक अर्काबीच वैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगती हुनेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग मनमु-टाव बड्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७