पत्रपत्रिकाबाट

हुम्लामा बहुपति प्रथाका कारण युवती फर्कन मानेनन् गाउँ, केटालाई विवाह गर्न कठिन

हुम्लामा बहुपति प्रथाका कारण युवती फर्कन मानेनन् गाउँ, केटालाई विवाह गर्न कठिन

सांकेतिक तस्बिर

हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो ।

सानैमा जिल्लाबाहिर जाने तथा गुम्बामा ‘टोपेनी’ हुन जाने युवतीले गाउँमा आउन नमानेपछि केटालाई विवाहको समस्या हुन थालेको उल्लेख

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको बताए ।

उनले सानैमा जिल्लाबाहिर जाने तथा गुम्बामा ‘टोपेनी’ हुन जाने युवतीले गाउँमा आउन नमानेपछि केटालाई विवाहको समस्या हुन थालेको उल्लेख गरे । पहिले गाउँमा बहुपति प्रथाका कारण केटी अविवाहित बस्नुपर्ने अवस्था थियो । अहिले भने जिल्लाबाहिर गएका युवती गाउँ फर्कन नमानेका कारण युवालाई विवाहको समस्या पर्न थालेको स्थानीयवासीको भनाइ छ ।

दुवै प्रथा विकृति हुन् भन्ने बुझेका युवतीहरू गाउँमा आए समस्या हुने भएपछि गाउँ आउनै नमान्ने

लिमीमा प्रचलित ‘बहुपति र नेलु प्रथा’बाट आजित भएका युवतीहरू बुझेर नै यी प्रथाप्रति वितृष्णा व्यक्त गर्न थालेको स्थानीय राङ्डोल तामाङले बताए । यही समस्याबाट मुक्ति पाउन लिमी गाउँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन नमान्ने उनले जानकारी दिए । गाउँमा आए बहुपति प्रथा स्वीकार गर्नुपर्ने, यो नस्वीकारे नेलु स्वीकार गरेर बस्नुपर्ने अवस्था छ ।

दुवै प्रथा विकृति हुन् भन्ने बुझेका युवतीहरू गाउँमा आए समस्या हुने भएपछि गाउँ आउनै नमान्ने बिना तामाङले बताइन् । युवती गाउँमा नआएपछि केटालाई विवाह गर्न समस्या भइरहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या रहेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७