अर्थ

ग्रिलजन्य फलामको मूल्य ६० प्रतिशतले बढ्यो

ग्रिलजन्य फलामको मूल्य ६० प्रतिशतले बढ्यो

ग्रिल तथा स्टिल व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन्।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रूपमा बढेको बताएका हुन्।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड-१९ले लामो समय व्यवसायी बन्द हुँदा मारमा परेको बताए।

उद्योगहरू राम्ररी सञ्चालनमा आउन नपाउँदै ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ। केही सिमित उद्योगीको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको अध्यक्ष कटुवालले बताए।

ग्रिल जन्य फलामको मूल्य अस्वभाविक रूपमा बढ्दा कोरोनाको सं-क्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए।

यसबाट देशभर सञ्चालित ११ हजार बढी ग्रिल उद्योग बन्द हुने जोखिममा रहेको पनि बताए। उनका अनुसार करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्नेछ।

व्यवसायीहरूले पछिल्लो दुई महिनामा मात्रै ग्रिलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७