मनोरञ्जन

दाँईको स्मरण गराउदै ”दाँई बरादो‘ सांस्कृतिक गीत सार्वजनिक (भिडीयो)

दाँईको स्मरण गराउदै ”दाँई बरादो‘ सांस्कृतिक गीत सार्वजनिक (भिडीयो)

छवि सुबेदी

पौष ११ पोखरा- सस्कृतीकर्मी बुद्धिमान दुरा(धम्पु) को नयाँ “दाँई गित-दाँई बरादो” नमस्ते पोखरा युटुब च्यानलबाट बजारमा रिलिज भएको छ।

ऐतिहासिक एवंम सस्कृतीसंग निकैनै पोख्त ब्यक्तित्व बुद्धिमान दुरा धम्पुको स्वर /शब्द /लय रहेको यस गीतमा हाम्रो नेपाली हरु माँझ के कसरी दाँइ राखिन्छ धानखेतीको सुरुवात देखी भकारीमा भित्राउदा सम्मको सबै बिषय समेटिएको छ । यो गीतले नयाँ पिढीलाई दाँईको बारेमा जानकारी गराउने अपेक्षा गरिएको छ !

गोरखाको पालुङ्गटारमा छायांकन गरिएको गीतको छायांकन टेक मान गुरुङ/ प्रेम गुरुङ, सम्पादन प्रेम गुरुङ, निर्देशन छबि सुबेदीको रहेको छ। यो गीत “सस्कृतीको जगेर्ना गर्ने अभियानमा लागौ” भन्ने उद्घोषका साथ स्थापित नमस्ते पोखरा ब्रोडकास्टीङ्ग स्टुडियो प्रा.लि मा रेकडिङ्ग भएर बजारमा आएको हो !

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७