राजनीति

माओवादीमा लागेर सांसद पनि बन्न नपाएका थापा, ओली समूहमा गएको २ दिनमै मन्त्री!

माओवादीमा लागेर सांसद पनि बन्न नपाएका थापा, ओली समूहमा गएको २ दिनमै मन्त्री!

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अघि प्रचण्ड समूह त्यागेर आएका मणि थापालाई मन्त्री नियुक्त गर्दै सरकारमा सहभागि गराए।

थापालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। सो मन्त्रालयको नेतृत्व यसअघि बिना मगरले सम्हालिरहेकी थिइन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि नेकपामा देखिएको विभाजनका कारण प्रचण्ड र नेपाल पक्षका सांसदहरुले राजीनामा दिएका थिए।

रिक्त रहेको पदमा प्रचण्ड समूह छाडेर आउँनेहरुलाईनै ओलीले नियुक्त गर्दै अन्यको जिम्मेवारी समेत हेरफेर गरेका छन।

मणि थापा २०५१ सालमा तत्कालिन विद्रोही नेकपा माओवादीको सशस्त्र संर्घषमा सक्रिय थिए। उनले हालसम्म माओवादीको तर्फबाट सांसद समेत बन्न पाएका थिएनन। माओवादीमा लागेर सांसद पनि बन्न नपाएका थापा ओली समूहमा गएको २ दिनमै मन्त्री बनेपछि यो बिषयले निकै चर्चा पाएको छ ।

प्युठान घर भएका थापालाई मन्त्री बनाउन प्युठाननै घर भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गुन लगाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७