अर्थ

काठमाडौंमा ३ वर्षमै मोनोरेलमा सरर….

काठमाडौंमा ३ वर्षमै मोनोरेलमा सरर….

काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथ मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा पनि चिनियाँ कम्पनीलाई नै दिने भएको छ ।

चाइनाको चाइना रेलवे २५ औं व्यूरो ग्रुप कम्पनी लिमिटेड (सिआरसीसी) लाई डिपिआर बनाउन दिन बुधबार सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको हो।

यसअघि गत भदौ २८ गते चिनियाँ कम्पनी सिआरसिसीले मोनोरेलको सम्भाव्यता अध्ययन गरेको थियो। ६ महिनाको समय दिइए पनि तीन महिनामै उसले सम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो।

मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनोरेल ३ वर्षमा बनाउन सकिने बताएको छ ।

काठमाडौंमा मोनोरेल बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने कम्पनीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal