आज साताको अन्तिम दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९४ हजार २ सय र तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७ सय मा कारोबार भएको छ ।
छापावाल सुन बिहीबार ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य बिहीबार ९३ हजार ६ सयमा कारोबार भएको थियो ।
सुनको मूल्य बढ्दा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज तोलाको १२ सय ८० मा कारोबार भएको महासङ्घले जनाएको छ । बिहीबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।