मुख्य समाचार

पुर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टिमा सलामी दिन परिवारद्धारा अस्विकार

पुर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टिमा सलामी दिन परिवारद्धारा अस्विकार

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा सरकारले सलामी अर्पण नगर्ने भएको छ । गिरीको दाह संस्कार सर्वसाधारण नागरिककै जसरी हुने भएको छ ।

सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीले
डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएकोले साधरण किसिमले गर्न लागेको बताईन् ।

उनले अगाडि भनिन्– ‘विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेको छ ।’

पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।

मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएका गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनकै निवासमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७