प्रवास

दक्षिण कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

दक्षिण कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

दक्षिण कोरियाले सन् २०२१ का लागि रोजगार अनुमति प्रणाली मार्फत् लैजाने कामदारको संख्या निर्धारण गरेको छ । बुधबार बसेको प्रवासी श्रमिक संख्या निर्धारण समितिको बैठकले ५२ हजार कामदारलाई कोरियामा ल्याउने भएको हो ।

नेपाल लगायत रोजगार अनुमति प्रणाली मार्फत् कामदार पठाउने १६ वटा देशबाट कामदार कोरिया आउने छन् । कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय भने भएको छैन ।

सन् २०२० मा ५६ हजार कामदार ल्याउने कोटा भएपनि कोरोना महामा-रीका कारण ३० हजार ९ सय ९ जना अझै कोरिया आएका छैनन् । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार कोरोनाका कारण बाँकी रहेको कोटा कामदार कोरियापछि नयाँ कोटा सुरु हुने जनाएका छन् ।

सन् २०२१ मा तोकिएको ५२ हजार मध्ये उत्पादन क्षेत्रमा सबै भन्दा बढि ३७ हजार ७ सय जना, कृषि क्षेत्रमा ६ हजार ४ सय जना, मत्स्यपालन क्षेत्रमा ३ हजार जना, निर्माण क्षेत्रमा १८ सय जना, सेवा क्षेत्रमा १ सय जना आउन पाउने छन् ।

यो कोटा मध्ये ४० हजार नयाँ कामदार आउने हुन् भने १२ हजार कमिटेड कामदार कोरिया आउन पाउनेछन् । कमिटेड कामदारमध्ये १० हजार ३ सय उत्पादन क्षेत्रमा आउनेछन् भने कृषि क्षेत्रमा काम गर्नका लागि १ हजार ३ सय १० जनाको कोटा रहनेछ । कोरियामा ४ वर्ष १० महिना एउटै कम्पनीमा निरन्तर काम गरेमा कमिटेड कामदारका रुपमा फेरि कोरिया आउन पाउने नियम छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७