मुख्य समाचार

भारतीय तस्करले नेपाल प्रहरीलाई आक्रमण गरी हतियार नै लुटे

भारतीय तस्करले  नेपाल प्रहरीलाई आक्रमण गरी हतियार नै लुटे

भारतीय तस्करहरूको समूहले नेपाल प्रहरीलाई कुटपिट गरि हतियार लुटेका छन्। पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुरमा रहेको प्रहरी चौकिका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहितलाई सोमबार राति कुटपिट गरि हतियार लुटेर भागेका हुन् ।

सीमावर्ती गाउँबाट भारतमा हुने गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करले प्रहरीमाथि आक्रमण गरेका थिए।

दुई वटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने क्रममा पाडेपुरका प्रहरी सहायक निरीक्षक यादवको नेतृत्वमा गस्तीमा खटेको प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रहरीलाई कुटपिटसमेत गरेका छन्।

तस्करहरूको आक्रमणमा सहायक निरीक्षकलगायत हवल्दार प्रेम बहादुर राणा र प्रहरी जवान अर्जून चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तस्करको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। चौधरीको टाउकोमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal