जीवनशैली

जीवनसाथीका लागि असाध्यै भाग्यशाली हुन्छन् यी ४ राशिका ब्यक्ती

जीवनसाथीका लागि असाध्यै भाग्यशाली हुन्छन् यी ४ राशिका ब्यक्ती

हाम्रो आसपास केहि यस्ता व्यक्ति पनि हुन्छन् , जसले आफ्नो जीवनको मुस्किल भन्दा मुस्किल परिस्थिति पनि हल गर्छन् |

ज्योतिषशास्त्रका अनुसार केहि राशिका व्यक्तिहरु हुन्छन् जसको भाग्य निकै बलियो हुन्छ | यतीमात्र होइन यिनीहरुको भाग्यको असर उनीहरुको जीवनसाथीमा पनि पर्छ |

वृष राशि

शुक्र ग्रह यस राशिको स्वामी हो, जसका कारण अरु राशिका व्यक्तिहरु यस राशिका व्यक्तिसँग सजिलै आकर्षित हुन्छन्। यो मानिन्छ कि यस राशि का मानिस निकै भाग्यमानी हुन्छन्। यो विश्वास छ कि यो राशिका मानिसहरुलाई सम्मान र धनको कहिल्यै अभाव हुँदैन।

कर्कट राशि

चन्द्रमा कर्कट राशिको स्वामी हो। यो राशिका मानिस धेरै मेहनती हुन्छन्। यस राशिका व्यक्तिहरूले आफ्नो जीवनमा आफैँ परिश्रम गरेर सफलता पाउँछन्। यिनीहरुलाई भाग्यले पनि सधैं साथ दिन्छ। यिनीहरु जुनसुकै काममा पनि सजिलैसँग सफल हुन्छन्।

सिंह राशि

सूर्य सिंह राशिको स्वामी हो। सूर्यलाई ज्योतिषशास्त्रमा सौभाग्य र उर्जाको प्रतीक मानिन्छ। यो राशिका व्यक्तिहरूले आफ्नो उर्जाको कारण सौभाग्य प्राप्त गर्छन्। यस राशिका मानिसहरु आफ्नो सामर्थ्यशाली व्यक्तित्वको साथ समाजमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल हुन्छन्।

वृश्चिक राशि

मंगल ग्रह वृश्चिक राशिको स्वामी हो। यस कारणले गर्दा, यी मानिसहरू बुद्धिमान हुन्छन्। यी व्यक्तिहरू आफ्नो बुद्धि र विवेकको कारण विश्वलाई जित्न सक्ने सामर्थ्य राख्छन्। साथै, भाग्य पनि सँधै यिनीहरुको साथ हुन्छ।

यो पनि- चिसो लाग्ला भनेर सुन्तला खानुभएको छैन ? तुरून्त खानुस्, यस्ता छन् फाइदै फाइदा

कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खाँदैनन् । यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ । यस्ता छन् जाडोमा सुन्ताला खानुका फाइदा

कोलेस्टरोल घटाउनः
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

रक्तचाप नियन्त्रण

सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

मिर्गौला स्वस्थ

सुन्तला खाँदा मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउनः
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

छालाको सुरक्षाः
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

भाइरल इन्फेक्सन हटाउँछः
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउनः

कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो

सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

क्यान्सरबाट जोगिनः
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइने भएकाले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सरबाट जोगाउछ ।

मुटु बलियो

सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।- एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७