नेपालमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको छ ।