मुख्य समाचार

क्यान्सरबाट पिडित पुर्व प्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन

क्यान्सरबाट पिडित पुर्व प्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन

पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ।

उनको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

कलेजोको क्यान्सरबाट पीडित ९३ वर्षिय गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal