पोखरा – अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त गर्दै नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का नेता झलनाथ खनालले पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको हो ।