विचार/व्लग

केपी ओलीको लोकप्रियता घट्दै ज्ञानेन्द्रको बढ्दै, राजवादी खुसी

केपी ओलीको लोकप्रियता घट्दै ज्ञानेन्द्रको बढ्दै, राजवादी खुसी

सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहदम्पती जव पोखरा बिमानस्थलमाा पुगे उनको जयजय गानसँगै पञ्चेबाजाले उनको स्वागतमात्रै भएन, राष्ट्रिय झण्डा हल्लाउँदै गणतन्त्र र संघीयता खारेजीको चर्को नारासमेत घन्कियो ।

आफ्नो गलामा २१ किलोको फूलको माला र पञ्चकन्याबाट स्वागत ग्रहण गर्दै ज्ञानेन्द्र अघि बढे । समर्थकबाट उनीमाथि पुष्पवृष्टि भयो ।

उनी विमानस्थलबाट बाहिरिएसँगै राजा आउ देश बचाउ, गणतन्त्र र संघीयता खारेज गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नाराहरु घन्किए ।

पूर्वराजाले भीडलाई सशरीर हौसला दिइरहँदा पूर्वरानी कोमल भने विमानस्थलबाटै गाडीमा चडेर हात हल्लाउँदै मुस्ताङ चोकसम्म पुगिन् ।

विमानस्थलमा ज्ञानेन्द्रको स्वागतमा सयौं समर्थकहरु पुगेका थिए । समर्थकको ठूलो भीड र जयजयगान देखेर पूर्वराजाका दम्पती खुसी देखिन्थे । धेरै राजाहरु पाल्नुभन्दा एउटै राजा ठीक भन्ने आवाज भीडबाटै आइरहेको सुनिन्थ्यो ।

सोमबार पूर्वराजाको समर्थनमा देखिएको भीड अहिलेको सरकारको कार्यशैलीले बढेको आलोचना र अलोकप्रियताको कारण भएको बिष्लेसकहरु बताउछन् ।

सोमबार पूर्वराजाको समर्थनमा देखिएको भीडले गणतन्त्रवादीहरुलाई झस्काएको छ । गणतन्त्रको विकल्प नदेखिए पनि सरकार र राजनीतिक नेतृत्व आलोचित बन्न पुग्दा गणतन्त्रमाथि प्रहार हुन थालेको भन्दै बुद्धिजीवीहरुले चिन्ता गरेका छन् ।

पूर्वराजा र उनका समर्थकहरुले पोखरामा जम्मा भएको भीड र समर्थनलाई अहिलेको सरकारको अलोकप्रियताका रुपमा समेत हेरिएको छ ।

‘देशमा गणतन्त्र र संघीयता आए पनि अहिलेको राजनीतिक नेतृत्व र सरकारसँग कति धेरै मान्छे असन्तुष्ट रहेछन् भन्ने यसले देखाएको छ,’ गणतन्त्र आयो, संघीयता आयो, देश निरपेक्ष भयो देशले के पायो ?,’यो भीड राजाको समर्थकको मात्रै होइन, अहिलेको सरकारको कार्यशैली मन नपराउनेहरुको पनि हो भनेर राजनैतिक दल तथा नेताहरुले बुझ्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७