मनोरञ्जन

सुमी र विजुले चुमे ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि

सुमी र विजुले चुमे ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।

उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरे ।

यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गर्दै गर्दा सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।

तस्बिर – अनलाइनखबर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७