मुख्य समाचार

गर्भवती शिक्षिकाको हत्या गरि फरार ४ जना यसरी पक्राउ परे

गर्भवती शिक्षिकाको हत्या गरि फरार ४ जना यसरी पक्राउ परे

एकजना ६ महिनाकी गर्भवती शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले पक्राउ गरेेेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुले मुगुको सोरु गाउँपालिका–८ घर भइ टोखा नगरपालिका–८ मिलनटोल निवासी २६ वर्षीया अजिता मल्लको हत्या गरेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिएको समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

पक्राउ पर्नेहरुमा मुगुको सोरु गाउँपालिका–८ की २६ वर्षीया विष्णुमाया मल्ल (शाही), मुगुकै छायानाथ रारा नगरपालिका–१ की २६ वर्षीया भगवती मल्ल, छायानाथ नगरपालिका–१ का २१ वर्षीय गान्डिपराज मल्ल र पोखरा महानगरपालिका–८ की २३ वर्षीया रिता केसी रहेेेेको प्रहरीले जनाएको छ ।

अजिताको टोखा नगरपालिका–८ मिलनटोलस्थित तारानाथ अर्यालयको घरमा हत्या गरेर फरार भएका थिए । उनीहरु सबैजनलाई अपराध महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट सोमबारै पक्राउ गरी हिरासतमा लिएको हो । हत्यामा संलग्न सबैले बयानका क्रममा घटना स्वीकार गरिसकेका छन् ।

मृतक अजिता मल्ल 
प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal