समाचार

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट ‘लडेर’ एक जना गम्भीर ‘घाइते’

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट ‘लडेर’ एक जना गम्भीर ‘घाइते’

दाङ- दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट ‘लडेर’ एक जना गम्भीर घा-इते भएका छन् ।

शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा ग-म्भीर घा-इते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ग-म्भीर घा-इते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७