समाचार

नितम्ब सुन्दर बनाउने चक्करमा यी सुन्दरी मोडलको मृत्यु

नितम्ब सुन्दर बनाउने चक्करमा यी सुन्दरी मोडलको मृत्यु

नितम्ब सुन्दर बनाउन शल्यक्रिया गराउँदा मेक्सिकोकी एक इन्स्टाग्राम सुन्दरीको मृत्यु भएको छ। ३० वर्षकी जसलिन क्यानोको मृत्यु भएको हो। स्थानिय अधिकारीहरुका अनुसार उनको प्लाष्टिक सर्जरी गर्दा मृत्यु भएको हो ।

क्यानोलाई मेक्सिकोकी किम कार्दासियन पनि भनिन्छ। क्यानो मोडलका साथै एक स्विमसुट डिजाइनर पनि थिइन्। इन्स्टाग्राममा क्यानोका लगभग १ करोड ३० लाख फलोअर्स छन्।

यो महिनाको सुरुवातमा क्यानो आफ्नो क्यालिफोर्नियास्थित घरबाट कोलम्बियामा प्लास्टिक सर्जरी गराउन गएकी थिइन्। क्यानो आफ्नो नितम्बको शल्यक्रिया गराडियोको क्याप्सनमा लेखिएको छ, जसलिनले १४ मार्च, १९९० मा जन्म लिएकी थिइन् र सन् २०२० डिसेम्बर ७ मा आफ्नो अनन्त जीवनमा प्रवेश गरिन्।’उने तयारीमा थिइन्। क्यानोले जस्तो शल्यक्रिया गराउँदै थिइन् त्यसमा उनको शरीरको एक हिस्साको बोसो निकालेर प्लास्टिक सर्जरी गर्ने स्थानमा लगाइन्छ।

‘ब’ट लिफ्ट’ भनिने यस्तो खालको शल्यक्रियामा क्यानोको पेटबाट बोसो निकालेर उनको नितम्बमा राखिँदै थियो। यो खतरनाक शल्यक्रियामा क्यानोको मृत्यु भएको छ।

क्यानोको परिवारले आफ्नो तर्फबाट अहिलेसम्म मृत्युबारे कुनै आधिकारिक पुष्टि गरेका त छैनन्।

तर क्यानोको परिवार र आफन्तले यसबारे आधिकारिक बयान नदिएपनि उनको इन्स्टाग्राम पेज डिसेम्बर ७ देखि अपडेट गरिएको छैन। डिसेम्बर ७ मा नै उनको मृत्यु भएको थियो।

यता उनकी सहयोगी मोडल लिर मार्सरले ट्वीटरमा यसबारे जानकारी दिइन्। मार्सरले लेखिन्, ‘कोलम्बियामा शल्यक्रियाको क्रममा जसलिन क्यानोको मृत्यु भयो, यो खतरनाक हो। उनी पहिले देखि नै असाध्यै सुन्दर थिइन्। उनको परिवारका लागि म प्रार्थना गर्छु, उनी निकै प्यारी थिइन्। ’

प्रशंसकले पनि आफूहरुले युट्युबमा क्यानोको अन्तिम संस्कारको फुटेज भेटेको दाबी गरेका छन्। अकेस फ्यामिली फ्युनरल होम नामको युट्युब पेजमा अपलोड भएको भिडियोको क्याप्सनमा लेखिएको छ, जसलिनले १४ मार्च, १९९० मा जन्म लिएकी थिइन् र सन् २०२० डिसेम्बर ७ मा आफ्नो अनन्त जीवनमा प्रवेश गरिन्।’

ब्रेकएन लिक्सबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७