काठमाडौं – काठमाडौंको नारायणटारमा पुलबाट टाटा सुमो खसेर दुर्घटना भएको छ ।
ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँच्दै करिब २० फिट तल खसेको हो । पुल मुनिको बाटोमा खसेको सो गाडीलाई र्याकरको सहायताले उठाइएको थियो ।
उक्त गाडि तीव्र गतीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।