गत अक्टुबर २४ तारिखमा आफ्ना प्रेमी रोहन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बाधिएकी गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्न लागेको जानकारी फ्यानहरुलाई दिएकी छिन् ।
रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–‘अब मेरो ख्याल राख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन् ।
नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई बलिउडका कलाकारहरुले वधाई दिईरहेका छन् ।