हलिउड, बलिउड हुदै नेपालको कलिउड पनि बिस्तारै फड्को मार्ने क्रममा छ । कोरोनाको कारणले थला परेको नेपाली चलचित्र उद्योग यतिबेला चलायमान बनेको छ ।
नेपालमा वर्षेनी चलचीत्र र कलाकारीता क्षेत्रमा आफ्नो भविष्य बनाउन खोज्नेहरू र सपना देख्नेको ओईरो लाग्छ । कोही सफल हुन्छन त कोही संघर्ष गर्दागर्दै गुमनाम भइदिन्छन् । कोही अभिनय लगायतका कला सिकेर आएपनि सफल हुन सक्दैनन् त कोही यत्तिकै सफल हुन्छन् ।
सामाजिक सञ्जालमा अहिले नेपाली हिरो शेखर सुवेदीको चर्चा छ । उनी निकै भाइरल छन् । उनलाई धेरैले नेपाली रणवीर सिंह तथा प्रभास भनेर नामाकरण पनि गरेका छन् । तर उनी आफ्नो तुलना अरुसँग नगरिदिए हुन्थ्यो भन्छन् ।
काठमाडौंको बौद्धमा जन्मिएका शेखरको लुक्सले यतिबेला चर्चा पाएको छ । साउथ इन्डियन भेषमा फोटो सुट गराएपछि उनी चर्चामा आएका हुन् ।
५ फिट ९ इन्चका शेखर बच्चै देखि कलाकारिता क्षेत्रमा आउन रुची राखेको बताउँछन् । उनी भन्छन्, ४ बर्ष देखि चलचित्र क्षेत्रमा छु, सबैको माया र साथ पाएर नै अगाडी बढिरहेको छु । धेरै साथीहरुले रणवीर सिंह जस्तै छस भनेर पनि भन्ने गरेका छन् । तर पनि म रणवीर, प्रभास भन्दा पनि नेपाली शेखर भएर चिनिन चाहन्छु ।”