समाचार

संक्रमितको सेवामा खटेकी शिखालाई कोरोनाले बनायो प्यारालाइसिस !

संक्रमितको सेवामा खटेकी शिखालाई कोरोनाले बनायो प्यारालाइसिस !

नयाँ दिल्ली – नायिका शिखा मल्होत्रा अहिले प्यारालाइसिसको बिरामी भएकी छिन् । प्यारालाईसिस भएपछि अस्पताल भर्ना भएकी यी नायिका पेशाले नर्स हुन् । शाहरुख खानको ‘फ्यान’ र सुजित सरकारको ‘रनिङ शादी’ मा अभिनय गरेकी छन् ।

कोरोना भाइरसलाई त जितिन्, अहिले प्यारालाइसिसको बिरामी भएर मुम्बई स्थित कपुर अस्पताल भर्ना

भारतमा लकडाउन भएको बेला उनले मुम्बईको जोगेश्वरी स्थित हिन्दु हृदय सम्राट बाला साहेक ठाकरे ट्रामा केयर अस्पतालमा कोरोना आइसोलेसन वार्डमा काम गरेकी थिईने बिरामीको उपचार गर्ने क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनले कोरोना भाइरसलाई त जितिन्, अहिले प्यारालाइसिसको बिरामी भएर मुम्बई स्थित कपुर अस्पताल भर्ना भएर बस्नुपरेको छ । उनको शरिरको दायाँ भाग चल्दैन भने उनी बोल्न सक्दिनन् ।

अहिले उनको यो खबरले भारतमा निकै चर्चा पाएको छ । जहाँ धेरैले उनको स्वास्थ्यको कामना गरेका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७