समाचार

एलिजाले धादिङमा १० घर बनाइदिने

एलिजाले धादिङमा १० घर बनाइदिने

कलाकार एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने बताएकी छिन् । एलिजाले चैत्र ११ गते परेको जन्मदिनबाट यो कार्यको सुरुवात गर्न लागेकी बताएकी छन् ।

अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ । भूकम्परहित ३ कोठाको घर बनाएर यो अभियानलाई सुरु गर्न लागेकी उनको भनाइ छ ।

एलिजाका अनुसार, देशका विभिन्न जिल्लामा रहेका अती विकट गाउँमा पुगेर घर बनाउने अभियान चैत्र ११ गतेबाट सुरु हुनेछ ।

नेपाली चलचित्र ‘अनुराग’मा काम गरेर कला क्षेत्रमा प्रवेश गरेकी एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । एलिजाले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७