प्रदेश

अंग्रेजी नयाँबर्ष मनाउन पोखरामा पूर्व राजा, यस्तो छ बस्ने होटल

अंग्रेजी नयाँबर्ष मनाउन पोखरामा पूर्व राजा, यस्तो छ बस्ने होटल

बुद्ध एयरको विमानबाट पोखरा पुगेका पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाहलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल, नेपाली काँग्रेस विपी सहित पूर्वराजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले स्वागत गरेका थिए । पूर्व राजा शाह विमानस्थलदेखि विरौटा चोकसम्म पैदल हिँडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए ।

पूर्व राजा शाहको दुई हप्ते पोखरा बसाईंका समयमा कार्यक्रम तालिका भने गोप्य राखिएता पनि पोखरा २१ दोबिल्ला नजिकै रघैचौरमा हालै बनेको सुविधासम्पन्न रिसोर्ट माउण्टेन ग्लोरीमा बस्ने उनी निकट स्रोतले बतायो ।

पोखरामा केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि
अंग्रेजी नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ।

 

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal