अन्तर्राष्ट्रिय

भारतले माल्दिभ्सलाई १.४ अर्ब डलर सहायोग घोषणा

भारतले माल्दिभ्सलाई  १.४ अर्ब डलर सहायोग घोषणा

भारतले माल्दिभ्सलाई १ अर्ब ४० करोड अमेरिकी डलर सहायता दिने भएको छ। राष्ट्रपति इब्राहिम मोहमद सोलिहको तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि भारतले माल्दिभ्सलाई सहायता दिने घोषणा गरेको हो।

गत नोभेम्बर १७ मा राष्ट्रपतिको सपथ लिएका सोलिह महिना दिन नपुग्दै पहिलो विदेश भ्रमणका लागि आइतबार नयाँदिल्ली आएका हुन्।

सोमबार प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भएको औपचारिक भेट भएको थियो त्यसपछि सोलिहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘राष्ट्रपति सोलिह र म हिन्द महासागर क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्न आपसी सहयोग अझ गहिरो बनाउन जरूरी छ भन्ने कुरामा सहमत भयौं,‘दुबै देशको हित एकअर्कासँग जोडिएको छ। यस क्षेत्रको स्थिरताका लागि एकअर्काका हित र चिन्ताप्रति सचेत हुनेमा हामी एकमत छौं।

गत चुनावमा सोलिह चीननिकट मानिएका तत्कालीन राष्ट्रपति अब्दुल्ला आमिनलाई हटाएर निर्वाचित भएका थिए। मालेमा भएको उनको सपथ समारोहमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी थिए। प्रधानमन्त्री बनेका मोदी कुनै सरकार वा राष्ट्रप्रमुखको सपथमा गएको पहिलो पटक थियो ।

सपथमा मोदी गएपछि भारतीय सञ्चारमाध्यमले सोलिहको विजयसँगै हिन्द महासागरको महत्वपूर्ण यो टापु राष्ट्र चीनको प्रभावबाट बाहिर आएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal