अन्तर्राष्ट्रिय

कैयौं अमेरिकी नेताहरुसँग ‘शारिरीक सम्बन्ध’ राखेकी महिला चिनियाँ जासुस भएको खुलासा

कैयौं अमेरिकी नेताहरुसँग ‘शारिरीक सम्बन्ध’ राखेकी महिला चिनियाँ जासुस भएको खुलासा

चीनको तर्फबाट अमेरिकामा भइरहेको जा-सुसीका विषयमा महत्वपूर्ण खुलासा भएको छ । चीनकी एक महिलाको पाँच वर्षसम्म अमेरिकाका कैयौं नेताहरुसँग यौ-नस-म्बन्ध थियो । ती महिला खासमा चीनकी जासुस भएको र उनले सूचना पाउनकै लागि अमेरिकी नेताहरुसँग रात बिताउने गरेको खुलासा भएको छ ।

यी महिलाको कैयौं नेताहरुसँग प्रेम सम्बनध थियो । अक्सिअसको रिपोर्टअनुसार यी महिलाको कम्तीमा २ अमेरिकी नेताहरुसँग यौ-न स-म्बन्ध रहेको पुष्टि भएको छ । अन्य नेताहरुसँग पनि उनको सम्बन्ध रहेको बताइएको छ ।

रिपोर्टअनुसार यी महिला फांग फांग र क्रिस्टिन फांग नामले चिनिन्थिन् । यी महिलाले चिनियाँ खुफिया एजेन्सीको लागि काम गरिरहेको रिपोर्टमा दावी गरिएको छ । फांगले कैयौं अमेरिकी नेताहरुका लागि निर्वाचनमा पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन् ।

ती महिलाले त्यहाँका २ जना नेताहरुसँग यौ-न स-म्बनध पनि राखेकी थिइन् । रिपोर्टमा उनले चीनको सुरक्षा मन्त्रालयको निर्देशनमा जासुसी गरेको दावी

फांग सन् २०११ देखि २०१५ सम्म अमेरिकाको क्यालिफोर्नियामा बसेकी थिइन् । जब उनलाई एफबीआइले आफूलाई पक्रन सक्ने आभास भएपछि उनी अमेरिकाबाट भागेको रिपोर्टमा दावी गरिएको छ ।

फांगले अमेरिकी संसदका युवा सदस्यहरुसँग निकटता बढाउने कोसिस पनि गरेकी थिइन् । अमेरिकी सांसद एरिक स्वालवेल दोस्रो पटक चुनाब लड्दा फांगले पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन् । फांगले पैसा जुटाउन तुलसी गबार्डलाई पनि सहयोग गरेकी थिइन् । क्यालिफोर्नियाको राजनैतिक सर्कलमा फांग निकै चर्चित भएकी थिइन् ।

ती महिलाले त्यहाँका २ जना नेताहरुसँग यौ-न स-म्बनध पनि राखेकी थिइन् । रिपोर्टमा उनले चीनको सुरक्षा मन्त्रालयको निर्देशनमा जासुसी गरेको दावी गरिएको छ ।

रिपोर्टका अनुसार एफबीआइले फांगको बारेमा अचानक जानकारी पाएको थियो । एजेन्सीले अर्कै एक व्यक्तिको बारेमा जाँच गर्ने क्रममा फांगको बारेमा अचानक खुलासा भएको थियो ।

फांगले अमेरिका आएपछि क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा भर्ना भएकी थिइन् । फांग चिनियाँ विद्यार्थी संगठन तथा एसियन प्यासिफिक आइल्याण्डर अमेरिकन पब्लिक अफेयर्सको अध्यक्ष पनि भएको र सोही क्रममै फांगको क्यालिफोर्नियाको राजनैतिक सर्कलमा प्रवेश भएको थियो । डिसी नेपालको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७