राजकुमारी’ बन्न नसकेकी एउटी चेली ढिलो गरी वैवाहिक जीवनमा प्रवेश गरेकी छन् ।
प्रचार गरिएको छ कि ०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश हुनुमा एकजना युवती अप्रत्यक्ष कारक मानिएको थियो । तिनीसँग दीपेन्द्रको विवाह गराउनेमा रानी ऐश्वर्य र मुमा बडामहारानी रत्नको जोड थियो ।
दीपेन्द्रको मनचाहिँ राप्रपा नेता पशुपतिसमशेरकी छोरी देवयानीतिर गयो । रानी ऐश्वर्यको माइती जुद्धसमशेर खलक, तर छोराको मनचाहिँ जुद्ध खलकसँग पारिवारिक टकराव रहेको चन्द्रको सन्तानमा बसेको ।
सुप्रिया शाह । मुमाबडामहारनी रत्नका अंगरक्षक प्रदीपविक्रम शाहकी छोरी । जसले जीवनको झण्डै आधा उमेर एक्लै बिताएर यही मंसिरमा सिउँदो….
यसैलाई दरबारभित्र सम्साँझै गोली चल्नुको कारण मानिन्छ । त्यसमा वीरेन्द्रको पूरै वंशसहित केही भारदार मारिएका थिए ।
उक्त घटनालाई लिएर चर्चामा आउने गरेकी पात्र हुन्, सुप्रिया शाह ।
मुमाबडामहारनी रत्नका अंगरक्षक प्रदीपविक्रम शाहकी छोरी । जसले जीवनको झण्डै आधा उमेर एक्लै बिताएर यही मंसिरमा सिउँदो रंगाएकी छिन् ।
अधिराजकुमारी श्रुतीको क्लासमेट, सेन्ट मेरिजमा नौ कक्षा पढ्दादेखि दीपेन्द्रसँग निकट, लामो समय अमेरिका बसेर फर्किएकी सुप्रियालाई नामजस्तै शीलस्वभावकी नारी ठानिएको थियो ।
राजा वीरेन्द्रको अंगरक्षक रहेका जर्नेल शान्तकुमार मल्लकी छोरीसँग वैवाहिक सम्बन्ध टुटेपछि विनयविक्रमले सुप्रियालाई पत्नीको रुपमा रोजे
दरबार ह-त्याका-ण्डमा कारकको रुपमा नाम आउने दुईमध्ये दीपेन्द्रले मन पराएकी भनिने देवयानीले आफ्नो मावली मुलुक भारतमा घरजम गरिन्, तर दाम्पत्य सुखद् हुन सकेन ।
रानी ऐश्वर्यमार्फत छोरा दीपेन्द्रको लागि मन पराइएकी सुप्रियाले भने दरबार ह-त्याकाण्डको झण्डै २० वर्षपछि भर्खरै एक जर्नेलसँग दाम्पत्य कायम गरेकी छिन् ।
सुप्रियाका नवपति हुन्, जर्नेल विनयविक्रम राणा । दरबार ह-त्याकाण्डको थोरै अघिसम्म राजा वीरेन्द्रको अंगरक्षक रहेका जर्नेल शान्तकुमार मल्लकी छोरीसँग वैवाहिक सम्बन्ध टुटेपछि विनयविक्रमले सुप्रियालाई पत्नीको रुपमा रोजेका हुन् ।
यो विवाहका अवसरमा लाजिम्पाटस्थित होटल शंकरमा हिजोदेखि भव्य भोज चल्दैछ । विनय अघिल्लो महिनासम्म पनि प्रधानसेनापति पूर्णचन्द्र थापाको सचिवालयमा थिए ।
अहिले बढुवा भएर पश्चिम पृतना, पोखरा पुगेका छन् । पहिलाकी पत्नी साधनासँगको तनावपूर्ण सम्बन्धका कारण एक छोरी समेत छाडेर कानुनी रुपमै अलग भएका हुन् ।
जनआस्थाले खबर छापेको छ ।