राजनीति

विहे भोज खान कांग्रेसका नेताहरु हेलिकप्टर चढेर बाग्लुङ

विहे भोज खान कांग्रेसका नेताहरु हेलिकप्टर चढेर बाग्लुङ

पोखरा- विद्यार्थी नेताको विवाह भोज खान काँग्रेस नेताहरु हेलिकप्टर चढेर बाग्लुङ पुगेका छन् । विहे भोज खान र नवविवाहित जोडीलाई बधाई दिन हेलिकोप्टर लिएर बाग्लुङ पुग्ने नेताहरुमा कांग्रेस महामन्त्री डा- शसांक कोइराला, डा- मिनेन्द्र रिजाल, दीपक गिरी, बद्री पाण्डे, गुरु घिमिरे लगायतका नेताहरु छन् ।

बाग्लुङ नगरपालिका १४ स्थित नारायणस्थानमा सागर परियारको घरमा भएको विवाह भोजको आयोजना गरिएको थियो । त्यसका लागि कोइरालासहित कांग्रेसका केन्द्रीय नेताहरु हेलिकोप्टरमा पुगेका हुन् ।

उनीहरु प्रभु एयरलाइन्सको हेलिकोप्टरबाट दुइ पटकमा नारायणस्थान झरेका थिए ।

विवाह उत्सवमा उपस्थित भएर परियारलाई नेताहरुले आर्शिवाद दिएका छन् । परियार नेविसंघको निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन् । उनको गलकोटस्थित लक्ष्मी परियारसँग विवाह भएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७