समाचार

मृत्युअघि कमानसिंहको भावुक स्टाटस: प्रिय, म मरे तिमी र मेरो भाइ इमान सामेल नहुनु !

मृत्युअघि कमानसिंहको भावुक स्टाटस: प्रिय, म मरे तिमी र मेरो भाइ इमान सामेल नहुनु !

पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ । कोरोना संक्रमित लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

पारिवारिक रुपमा समेत समस्या झेल्दै आएका लामाले आफ्नो फेसबुक पेजमा अन्तिम स्टाटस गत डिसेम्वर ३ मा पोष्ट गरेका छन् । निकै भावुक बनेर लेखेको उक्त लामो स्टाटसमा आफुलाई सवैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमतीलाई गर्ने गरेपनि श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले जनाएका छन् ।

‘प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिङ्ग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेको छ ! यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्छन्, छ्या कति कुरुप सिलावरको देक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!’ लामाले भनेका छन् ।

अस्पतालको बेडमा सुतेको फोटोसहित राखिएको उक्त स्टाटसमा ‘यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?’ भन्ने प्रश्न गरेका छन् ।

लौ प्रिय गरि खान मनग्य गरि दिएको छु !!! बाँकी जीवन मोजगर !!! मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर,’ भावुक भएर लामाले आफ्नो पीडा पोखेका छन् ।

उनले आफु अन्यायमा परेको कुरामा कतैबाट न्याय नपाएपछि फेससबुक स्टाटस लेखेको पनि जानकारी गराएका छन् । ‘अनेक प्रयास र कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ माफ गर प्रिय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!,’ फेसबुक स्टाटसको अन्तिममा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७