समाचार

पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन

पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन

कोभिडि १९ संक्रमणका कारण पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

त्यस्तै लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७