मुख्य समाचार

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

२४ मंसिर- पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ७ः२५ बजे र पोखरा–१५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको डा. शर्माले बताए । ७४ वर्षीय पुरूषमा मंसिर १७ र ६७ वर्षीय पुरूषमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५९ वर्षीया महिलाको बुधबार बिहान ५ः२० बजे मृत्यु भएको हो । उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७