मनोरञ्जन

यी हुन् राजपरिवारबाट बलिउडमा भित्रिएका ८ राजकुमारी !

यी हुन् राजपरिवारबाट बलिउडमा भित्रिएका ८ राजकुमारी !

बलिउड फिल्म नगरी जहाँको चर्चा संसारभर हुने गर्छ । जहाँ देखिन संसारभरका युवा लालयित हुन्छन् । यसमधये बलिउडमा केहि नायिका छन् जो राज परिवारबाट भित्रिएका छन् । उनीहरूको सम्बन्ध राजपरिवारसँग छ ।

सोहा अली खान

सोहा नवाबका परिवारसँग सम्बन्ध छ । उनी पटौदी परिवारकी छोरी हुन् । उनका हजुरबा आठौं पटौदी नवाब थिए । त्यसपछि उनका पिता मन्सुर अली खान पटौदीमा जिम्मेवारी आएको थियो । शर्मिला टैगोर सोहाकी आमा हुन् भने सैफ अली खान भाइ हुन् ।

भाग्यश्री

मिरजको शाही पटवर्धन परिवारमा भाग्यश्री जन्म भएको हो । यीनको पूरा नाम श्रीमंत राजकुमारी भाग्यश्री राजे पटवर्धन हो । सांगलीका राजा श्रीमन्त विजयसिंह राव माधव राव पटवर्धन यीनका बुवा हुन् ।

रिया र राइमा सेन

सेन दिदिबहिनी शाही परिवारसँग सम्बन्धित छन् । यीनिहरुको आमा र बुवा दुवै परिवारमा पनि राजपरिवारको रगत छ ।

सोनल चौहान

चर्चीत सोनल चौहान उत्तरप्रदेशको शाही राजपूत परिवारकी छोरी हुन् ।

किरण राव

आमिरकी पत्नी किरण राव बलिउडकी शान्त स्वभावकी नायिका मानिन्छिन् । धेरैलाई यो कुरा थाहा नहुन पनि सक्छ कि उनको जन्म एक राजपरिवारमा भएको थियो । किरणका हजुरबा जे रामेश्वर वानापार्थीका राजा थिए । किरणको जन्म तेलंगानामा भएको थियो र उनको बाल्यकाल कोलकातामा बितेको थियो ।

अदिति राव हैदरी

देख्नमा पनि कुनै राजकुमारी जस्तै देखिने अदिति पनि राजपरिवारसँग सम्बन्ध भएकी नायिका हुन् । उनी राजा अकबर हैदरीकी पनातिनी हुन् र मोहम्मद लालेह अकबर हैदरीकी भतिजी हुन् । जो आसामका पूर्व राज्यपाल थिए ।

सागारिका घाटे

चक दे इन्डिया गर्ल र जहीर खानकी श्रीमति सागारिका पनि शाहि परिवारकि हुन् । उनि कोल्हापुरको कहल राजपरिवारकी छोरी हुन् । उनको बुवा विजय सिंह घटगे अहिले पनि सत्तामा छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७