अर्थ

फेरि सुनको भाउ ह्वात्तै बढ्यो

फेरि सुनको भाउ ह्वात्तै बढ्यो

३ मंसिर, सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबारको कारोबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यकै कारण नेपालमा पनि सुनको भाउ बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७