डिएगो म्याराडोनाका छोरा डिएगो अरमान्डो म्याराडोना सिनाग्राले मेस्सीलाई बार्सिलोनामा १० नम्बरको जर्सी छोड्न आग्रह गरेका छन्। १० नम्बरको जर्सी बार्सामा उनको बुबालाई सम्मान राख्न पर्ने सिनाग्राको भनाइ छ ।
म्याराडोनाका जेठो छोरा जो ३४ बर्षेका छन् उनले बताए कि म्याराडोनाको सम्मानका लागि उनले खेलेको हरेक क्लबको १० नम्बरको जर्सी रिटायर भएको उनि देख्न चाहान्छन्।
मुन्डो डिपोर्टिभो मार्फत स्पेनिश पत्रिका मार्कासँगको अन्तर्वार्तामा सिनाग्राले सो प्रकारको श्रद्धां क्लबहरुलाई गर्न आग्रह गरे।
उनले खेलेका टोलीहरु- बार्सा लगायतले १०-१० नम्बरको जर्सी रिटायर गर्नु पर्छ।” – उनले बताए