मानुषी छिल्लरलाई एयरपोर्टमा देखिएको थियो । यतिबेला रोचक के भइदियो भने उनले आफूले लगाइरहेको कालो टिसर्टबाट प्राइस ट्याग हटाउन बिर्सिएकी थिइन् । उनले बिर्सिएको कुरा सामाजिक सञ्जालका प्रयोगकर्ताले देखे र उनलाई ट्रोल गर्न थाले ।
एयरपोर्टबाट निस्कने बित्तिकै मानुषीले प्रशंसकलाई हात हल्लाउँदै हेलो भनिन् । उनी निकै हतारमा थिइन् । क्यामरा उनी जताजता गयो त्यतै तिर तेर्सिरह्यो र जब उनी पछाडि फर्किइन् तब उनको कालो टिसर्टबाट ट्याग देखिएको थियो ।
उनले सन् २०१७ मा चीनमा आयोजित विश्व सुन्दरी प्रतियोगिताबाट मिस वर्ल्ड को उपधाधि हासिल गरेकी हुन् ।
विश्व सुन्दरी प्रतियोगिता २०१७ को उपाधि जितेकी छिल्लरले सन् २०१७ को जुन २५ मा सम्पन्न फेमिना मिस इन्डिया २०१७ को उपाधि जितेकी थिइन् ।
भिडियो हेर्न यहाँ क्लिक गराैँ