राजनीति

नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो- डा. भट्टराई

नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो- डा. भट्टराई

२२ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्त साे कुरा बताएका हुन् ।

कमल थापाको धेरै पुरानो एउटा भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले हेर्नुहोस् माओवादीको सक्कली चरित्र । अनि डा. बाबुराम भट्टराईको दोचारे चरित्र भन्दै सेयर गरेका थिए । उक्त भिडियाेमा प्रतिक्रिया स्वरूप भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताएका हुन् ।

उहाँले राजतन्त्र पुनर्स्थापना हुन सक्दैन भन्दा कोही किन आत्तिने ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । उहाँले २०६० सालको वार्तामा कमल थापासँग राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ भन्दा कमल थापाले त्यो त भन्न सक्दिनॅ भनेको पनि स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७