नायिका श्वेता खड्काको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न लागेकी छन् ।
नायिका खडका र विजेन्द्रको विबाह आज हुदैछ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।
मंसिर २१ गते उनले मेहेन्दी फङ्सन गरेकी थिइन् । उनका तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन ।
केही मिडियामा स्वेताले दशैंमा टिका लगाउँदा विजयेन्द्रसँग खिचेको एउटा तस्वीर मात्र सार्वजनिक भएको थियो । तर, मेहेन्दी सेरेमोनीपछि विजयेन्द्र र स्वेताको तस्वीर सार्वजनिक गरिएको हो ।
हेरौ उनले सार्वजनिक गरेका केही तस्बिर