मनोरञ्जन

रानी अवतारमा नम्रता [फोटो फिचर]

रानी अवतारमा नम्रता [फोटो फिचर]

नेपाली सिने अभिनेत्रीमा चर्चित र अभिनयमा राम्रो तारिफ भएको अभिनेत्रीमा पर्छिन् नम्रता श्रेष्ठ । सुनसरीको धरानमा जन्म भएकी श्रेष्ठ लामो समयदेखि नेपाली सिनेमा उधोगमा समय बिताईरहेकी छन् ।

३५ औ बसन्त पार गरेकी उनको सामाजिक संजालमा पनि सक्रियता निकै नै देख्न सकिन्छ । उनलाई सामाजिक संजाल फेसबुक पेजमा फलो गर्नेको संख्या १५ लाख भन्दा धेरै छन् ।

फिल्म सानो संसारबाट नेपाली सिने उधोगमा पाईला चाल्न सुरु गरेकी उनले निकै बाधा अड्चन तथा विवादहरुलाई पार गर्दै धैर्यवान नायिकाको उपमा पनि पाएकी छन् ।

मेरो एउटा साथी छ फिल्मबाट सफलताको स्वाद चाख्न सुरु गरेकी उनले नेफ्टा हङकङ (मौन), नेफ्टा मलेसिया (नोभेम्बर रेन), फान (क्लासिक), डिसिने (क्लासिक), एनएफडिसी (क्लासिक), एलजी फिल्म एवार्ड (क्लासिक) लगायतका अवार्डहरु पनि हात पारेकी छन् ।

पछिल्लो समय उनले एक म्युजिक भिडियोमा अभिनय गरेकी छन् । प्रकाश सपुतको फुटेको चुरा बोलको गीतमा उक्त गीतमा उनी रानी बनेकी छन् । उनी रानी अवतारमा निकै आकर्षक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७