स्वास्थ्य

रुसले तोक्यो कोरोना खोपको मूल्य, कती पर्छ नेपाली ?

रुसले तोक्यो कोरोना खोपको मूल्य, कती पर्छ नेपाली ?

रुसले कोरोना भाइरसविरुद्ध बनाएको खोपको मूल्य निर्धारण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक–५ नाम गरेको कोरोना खोपको मूल्य तोकेको हो ।

रुसी समाचार संस्था तासका अनुसार स्वास्थ्य मन्त्रालयले दुई डोज कोरोना खोपको मूल्य १ हजार ९ सय ४२ रुबल अर्थात झण्डै ३ हजार ९१ रुपैयाँ निर्धारण गरेको हो ।

रुसको ग्यामालेया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले कोरोनाविरुद्धको खोप निर्माण गरेको हो । स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो। खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको दाबि गरेका छन् ।

तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ ।

रुसी स्वास्थ्य मन्त्रीका सहयोगी एक्लेक्से कुज्नेतसोवका अनुसार एउटा बक्समा २ डोजको ५ वटा कोरोना खोपको सेट राखिएको छ । जसको मूल्य ९ हजार ७ सय १० रुबल अर्थात झण्डै १५ हजार ४ सय ५५ नेपाली रुपैयाँ तोकेको बताएका छन् ।

रुसी नागरिकलाई भने कोरोना खोप नि:शुल्क रुपमा लगाइने सरकारले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७