अर्थ

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

पोखरा- नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ। गत शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। गत शुक्रबार चाँदी १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७